
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । जतिसुकै फर्जी विवरण सार्वजनक गर्दा पनि नियामक निकाय धितोपत्र बोर्डले सुने नसुनेझैं गर्न थालेपछि सूचिकृत कम्पनीहरुले झुटो विवरण सार्वजनिक गरेर आम लगानीकर्ताहरुलाई घनघोर अन्याय गर्न थालेका छन् । जसले जति इपीएस निकाल्दा पनि केहि नबोल्ने, अनि अन्तिममा हुने-नहुने ‘जष्टिफिकेसन’ राखेर त्यसलाई सच्याउने परिपाटीले थुप्रै कम्पनीहरुले गलत विवरण सार्वजनिक गर्न थालेका छन् । र यस्तै बदमासी गरेको छ पाँचथर पावर कम्पनी लिमिटेडले ।
आर्थिक बर्ष २०७७-७८ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै पाँचथर पावर कम्पनी लिमिटेडले ३ गुणा बढी र झुटो इपीएस अर्थात बार्षिक प्रति सेयर आम्दानी देखाएर जनतालिई वेवकुफ बनाएको छ । इपीएस धेरै देखेर सेयर लगानीकर्ताहरु झुकिने भएपछी र जे गर्दा पनि धितोपत्र बोर्डले कारवाही नगर्ने ढुक्क भएपछी कम्पनीले यस्तो बदमासी गरेको हो ।
पाँचथर पावर कम्पनीले सार्वजनिक गरेको आर्थिक बर्ष २०७७-७८ को तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी ४ रुपैयाँ हाराहारीमात्र हुन्छ । तर कम्पनीले १२ बार्षिक इपीएस देखाएको छ । ८६.२५ करोड रुपैयाँ पूँजी भएको र नाफा २.९५ करोड भएको कम्पनीको इपीएस १२ रुपैयाँ हुनै सक्दैन । तर कमपनीले लगानीकर्ताको आँखामा छारो हाल्ने दुष्प्रयास गरेको छ । खासमा यो कम्पनीको प्रति सेयर आम्दानी ४ रुपैयाँ हाराहारीमात्र हुन्छ ।
यसो त यसरी बदमासी गर्ने हाइड्रो कमपनी पाँचथर पावर कम्पनीमात्र होइन । रेराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडलेपनि झुटो वित्तीय विवरण प्रकाशित गर्दै लगानीकर्ताको आँखामा छारो हाल्ने दुष्प्रयास गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा नेटवर्थ र बार्षिक प्रति सेयर आम्दानी झुटो देखाएर लगानीकर्ता झुक्याउने दुष्प्रयास गरेको हो । कम्पनीले हुँदै नभएको २०० नेटवर्थ देखाएको छ भने अघिल्लो बर्षको रिजर्भमा रहेको रकमलाईसमेत यस बर्षको नाफामा जोडेर हुँदै नभएको बार्षिक प्रति सेयर आम्दानीलाई देखाएको छ । वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको देखाएको हो ।
हाइड्रोपावरले सार्वजनिक गरेको इपीएस पनि गलत छ।
जति जथाभावी गर्दा पनि धितोपत्र बोर्डका हाकिमले केहि नगर्ने भएपछी कम्पनीहरुले यस्तो गलत विवरण सार्वजनिक गरेर लगानीकर्ताहरुलाई मुर्ख बनाउने काम गरिरहेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्