×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बहस उत्कृष्ट छ भन्नेले बजेटमा यी राहत भेट्नुभयो ?

  • पाठकपत्र
जेठ १५ मा बजेट सार्वजनिक भयो । सार्वजनिक भएका विभिन्न विश्लेषणहरुमा आ-आफ्नै तर्क छन् । कतिपयले बजेट सार्है उत्कृष्ट छ भनेर बजेटको वाहवाही गर्नुभयो । कतिले बजेट वितरणमुखी र मतदाता तान्ने किसिमको हो भनेर टिप्पणी गर्नुभयो । तर बजेट उत्कृष्ट छ भन्नेहरुले कहीं कतै यी तथ्य भेट्नुभयो कि भएन भनेर सोच्दैछु म । १. अहिले महामारीका बेला कमाईमा समस्या छ । धेरैको रोजगारी गुमेको छ । स्कुलहरुले अनलाइन क्लासका नाममा फी असुलिरहेका छन् । तर के यो बजेटले यो समस्याको सम्बोधन गर्यो त ? के स्कुलहरुको फी घटाईयो त ? वा स्कुल संचालकहरुलाई राहतका प्याकेजहरु आयो त ? अहँ आएन ! अनि आम विद्यार्थी, तिनका अभिभावक र स्कुल संचालकहरुले कसरी भन्ने बजेट उत्कृष्ट छ ? स्कुलहरु अझै पनि थुप्रै समय खुल्ने वाला छैनन् । यिनीहरुका लागि राहतको प्याकेज खोई ?
२. अहिले महामारीको बेला छ । कुन बेला कसलाई के हुन्छ थाहा छैन। तर तपाईं हामी अस्पताल जानुपर्दा नि:शुल्क उपचार गराइनेछ भनेर कतै बजेटमा आयो ?
३. बजेटले शैक्षिक योग्यताका आधारमा ऋण दिने भनेको छ । तर यो ऋण दिने व्यवस्था पहिला पनि थियो। कतिले पाए पनि। तर यसरी ऋण पाएकाहरुमध्ये नेताका आफन्त बाहेक कोहि छन् ? यसको हिसाबकिताब सरकारले सार्वजनिक गर्न सक्छ ?
३. तपाईं जुन काम गर्नुहुन्छ, त्यहाँ तपाईंले के राहत पाउनुभयो ? पसल संचालन गर्नेहरुले के राहत पाए ? मजदुरी गर्नेहरुले के राहत पाए ? साना व्यवसाय गर्नेहरुले के राहत पाए । स्टार्ट अपका नाममा थुप्रै कुराहरु आएका छन्। तर के त्यो साँचो अर्थमा स्टार्टअप गर्ने तपाईंले ऋण पाउनुहुन्छ ?
४. अहिलेको बजेटले कतिलाई नयाँ रोजगारी सिर्जना गर्यो ? गाउँ जाने वातावरण कहाँनेर बनायो यो बजेटले ?
५. भ्रष्टाचार गर्नेलाई कारवाही गर्नेगरी बन्यो त बजेट ?
६. यो बजेटले विदेशमा रहेका हाम्रा दाजु भाइ दिदीबहिनीहरुलाई नेपाल बोलाउने के प्याकेज ल्यायो ?
७. यो बजेटले गाउँ गाउँका गरिबका लागि के ल्यायो ? लकडाउनका कारण मजदुरी गर्न नपाएर भोकभोकै बसेकाहरुका लागि के ल्यायो ?
८. एक जोर कपडा किन्न नसक्ने र दुई छाक राम्रोसंग खान नपाउनेहरुका लागि यो बजेटले के ल्यायो ?
९. यो बजेटले कार्यकर्ताहरुलाई ऋणका नाममा स्याबासी दिनेगरी, वा आफ्नालाई पोस्ने गरी बाहेक नयाँ के ल्यायो ?
१०. यो बजेटले प्रधानमन्त्रीका, मन्त्रीका, आसेपासेका जिल्लाहरुमा बाहेक अन्य कहाँ बजेट ल्यायो ?
यी प्रश्नहरुले भनिरहेका छन् – कहाँ आयो उत्कृष्ट बजेट ? कसरि भयो यो बजेट उत्कृष्ट ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: