- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पेट्रोलियम पदार्थको भाउ फेरी बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको आइतबार १२ बजेदेखि लागू हुने गरेर प्रतिलिटर २–२ रुपैयाँ मूल्य बढाएको हो ।
यससँगै काठमाडौं उपत्यकाभित्र पेट्रोलको मूल्य अब १२३ रुपैयाँ पुगेको । डिजेल र मट्टितेलको मूल्य १०६ रुपैयाँ प्रतिलिटर पुगेको छ । यस्तै हवाई इन्धनको ७८ रुपैयाँ प्रतिलिटर पर्ने निगमले जनाएको छ ।
एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग हुने हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ ।