
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पेट्रोलियम पदार्थको खपत ६० प्रतिशतले घटेको छ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएपछी काठमाडौँ उपत्यकासहित अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएपछी पेट्रोलियम पदार्थको खपत ६० प्रतिशतले घटेको हो ।
निषेधाज्ञापछि दैनिक १ हजार किलोलिटर पेट्रोल खपत भैरहेको छ । यसअघि दैनिक २५ सय किलोलिटर पेट्रोल खपत हुँदै आएको थियो । यता सवारीसाधनमा प्रयोग हुने डिजेलको खपत पनि ४२ प्रतिशतले घटेको छ । दैनिक ७ हजार किलोलिटर खपत हुँदै आएको डिजेल अहिले दैनिक ४ हजार किलोलिटर डिजेल मात्रै खपत हुँदै भइरहेको छ ।
यस्तै अवस्था कायम रहे पेट्रोलियम पदार्थको खपत घट्ने बताइएको छ । कोरोना संक्रमण फैलिएको भन्दै गतवर्ष पनि चैतदेखि सरकारले लकडाउन गरेपछि पेट्रलियम पदार्थको खपत घटेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्