×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : जुम्लाका किसान मार्सी धान रोप्न व्यस्त, लुम्बिनीको नहरमा ढकमक्क फुले कमलका फूल

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले जुम्लाको गुठीचौर गाउँपालिकाका किसान मार्सी धान रौप्दै गरेकादेखि गौतमबुद्ध जन्मस्थल लुम्बिनीको नहरमा फुलेको कमलको फूलसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
जुम्लाको गुठीचौर गाउँपालिकाका किसान मार्सी धान रौप्दै । 
गौतमबुद्ध जन्मस्थल लुम्बिनीको नहरमा फुलेको कमलको फूल  ।
नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष बद्रीराज तिमल्सिनालाई सहयोगस्वरुप रु एक लाख ११ हजार १११ प्रदान गर्दै नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक । सो रकम पत्रकार महासङघले कोरोना भाइरसको प्रभावले पर्ने कुनै पनि असहज परिस्थितिमा पत्रकारलाई राहत उपलब्ध गराउन ‘आपतकालीन राहत कोष’ स्थापना गरेको हो । 
तुलसीपुर उमहानगरपालिका–१२ उरहरीका किसान जागुराम चौधरीले १० कठ्ठा जग्गामा लगाएको गोलभेडा खेती। 
तनहुँको व्यास नगरपालिका–१२,  घाँसीकुवा पार्कमा आदिकवि भानुभक्त आचार्यको शालिक अगाडि तस्बिर खिचाउँदै सर्वसाधारण । पृथ्वीराजमार्गसँगै जोडिएको उक्त पार्क सर्वसाधारणको आकर्षणकेन्द्र बन्ने गरे पनि अहिले निषेधाज्ञाका कारण सुनसान छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ अवस्थित दर्मिजा गाउँ । सदरमुकाम बेनीेखि मौवाफाँट, दग्नाम हुँदै दर्मिजा सडक निर्माण भएपछि यस गाउँ सडक सञ्जालसँग जोडिएको छ । यहाँ मगर समुदायको बाहुल्यता रहेको छ । 
म्याग्दीको मालिका गाउँपालिका–७, विममा होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै जनप्रतिनिधि र चिकित्सक ।
म्याग्दीको मङ्गला गाउँपालिका–३, बरङजामा रोपाइँ गर्दै  किसान । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: