×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : लमजुङका भूकम्प पीडितलाई रेडक्रस सोसाइटीको सहयोग, अलपत्र परेकालाई खाना खुवाईदैँ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

देश बोल्ने फोटो कथा : लमजुङका भूकम्प पीडितलाई रेडक्रस सोसाइटीको सहयोग, अलपत्र परेकालाई खाना खुवाईदैँ

७ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले लमजुङका भूकम्प पीडितलाई रेडक्रसले सहयोग गरेकोदेखी कैलालीसँगै जोडिएको कञ्चनपुरको गौरीफन्टा सिमानामा अलपत्र परेकालाई खाना खुवाईदैँसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचारः 
लमजुङ मस्र्याङ्दी गाउँपालिका वडा नं ८ भुलभुलेमा केन्द्र विन्दु बनाएर बुधबार बिहान गएको भूकम्पले घर क्षति बनाएको दोर्दी गाउँपालिका वडा नं ८ बन्सारका भूकम्प पीडितलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले सहयोग गरेको त्रिपाल शुक्रबार प्रदान गर्दैै  गाउँपालिका उपाध्यक्ष दिर्घ घले ।   जिल्ला शाखा रेडक्रस सोसाइटीले यहाँ ४९ थान त्रिपाल स्थानीयलाई सहयोग गरेको छ ।
कैलालीसँगै जोडिएको कञ्चनपुरको गौरीफन्टा सिमाना भएर ओहोरदोहोर गर्ने अलपत्र परेका यात्रुलाई शुक्रबार निःशुल्क खाना वितरण गर्दै धनगढीको रोयल कोल्याबोरेटिभ्सको टीम । कोल्याबोरेटिभ्सले गत वर्ष पनि कोरोनाको महामारीका समयमा उक्त नाकामा एक महिनासम्म निःशुल्क खाना वितरण गरेको थियो । 
जिल्ला सदरमुकाम बागलुङ बजारदेखि ढोरपाटन नगरपालिकाको दुर्गम गाउँमा खानेपानी आयोजनाका लागि ढुवानी गरिँदै पाइप । कोरोनाको सङ्क्रमण रोकथामका लागि सरकारले लागू गरेको निषेधाज्ञाको समयमा पनि  खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ । 
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडामा शुक्रबार रक्तदान गर्दै सर्वसाधारण । कोरोना कहर र निषेधाज्ञाका कारण रक्तदान नहुँदा अस्पतालहरुमा रगत अभाव हुन थालेको छ ।
म्याग्दीको परोपकारी संस्था गङ्गा जिसी फाउण्डेसनका नारायण जिसी र सुदीप रावल मेमोरियल ट्रष्टका सन्तोस रावल जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गर्दै । 
नेपाली काँग्रेसका सभापति  शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान बसेको पार्टी पदाधिकारी एवं  पूर्वपदाधिकारीको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: