Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : राजधानीको एक बैंकमा सेवाग्राहीको भिड, ब्याडमा धानको बीउ छर्दै कपिलवस्तुका एक किसान !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले काठमाडौँको कोटेश्वरस्थित एनआइसी बैंकमा बैंकिङ कारोवारका लागि लाइनमा बसेका सर्वसाधारणदेखि कपिलवस्तुको शिवराज नगरपालिका–३, खरेन्द्रपुरका किसान ब्याडमा धानको बीउ छर्दै गरेकासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
काठमाडौँको कोटेश्वरस्थित एनआइसी बैंकमा बैंकिङ कारोवारका लागि लाइनमा बसेका सर्वसाधारण ।
कपिलवस्तुको शिवराज नगरपालिका–३, खरेन्द्रपुरका किसान ब्याडमा धानको बीउ छर्दै  । 
तनहुँको व्यास नगरपालिका–२, सफासडक नजिकै बिजुली पोलमा शनिबार साँझ लागेको आगो नगरपालिकाको दमकलको सहायताले निभाइँदै ।
तनहुँको देवघाटधाममा फलफूल खाँदै बाँदर । कोरोना कहर र निषेधाज्ञाका कारण बाँदर भोकै भएपछि ब्लड डोनर्स सोसाइटीले बाँदरलाई फलफूल खुवाएको हो ।
तिनजुरे मिल्के जलजल क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँसको फूल क्यामारामा कैद गर्दै सञ्चारकर्मी । गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस  पाइन्छ 
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि  सरकारले लागू गरेको निषेधाज्ञाको समयमा आइतबार काठमाडौँको  जडीबुुटी सडकमा  गुडाएपछि  कारवाहीमा परेका  मोटरसाइल । 
कोरोना सङ्क्रमणको महामारीबीच पनि भक्तपुुरको लोकन्थली मनोहरा किनारमा फोहर सफाइमा खटिएका कर्मचारी । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK