×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : झापाको कोइला कारखानामा भीषण आगलागी, निषेधाज्ञापछि सुनसान देखियो बनेपाको सडक

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले मेचीनगर नगरपालिका वडा नं १५ स्थित बायोग्यास कोइला कारखानामा सोमबार बिहान भएको भीषण आगलागीदेखि निषेधाज्ञापछि सुनसान देखिएको बनेपाको सडकसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
मेचीनगर नगरपालिका वडा नं १५ स्थित बायोग्यास कोइला कारखानामा सोमबार बिहान भएको भीषण आगलागी ।
कोरोना भाइरसको सङ्क्रमण अत्याधिक बढेसँगै त्यसको रोमथाम तथा नियन्त्रण गर्न जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले आइतबार राति १२ बजेबाट एक हप्ताका लागि राजमार्ग र मुख्य सडकखण्डमा निषेधाज्ञा लागू गरेपछि अरनिको राजमार्गस्थित बनेपा बजारमा न्यून सङ्ख्यामा सञ्चालित सवारीसाधन । निषेधाज्ञामा सेवा र सञ्चालनमा अनुमति पाएका सवारी साधनहरु भने  गुडेका छन् ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोलामा सङ्कलन  गरिएको धुपीको पात  चौँरीमार्फत ढुवानी गरेर सदरमुकाम फुङ्लिङमा ल्याइँदै । 
कोभिड– १९ नियन्त्रण तथा रोकथामका लागि सरकारले  लगाएको निषेधाज्ञामा सोमबार काठमाडौँको थापाथलीमा मजदूर खाना खाँदै । हाम्रो टिम नेपालको सहयोगमा मजदूरलाई खाना खुवाउँदै आएको छ । 
काठमाडौँको पशुपतिस्थित बाग्मतीमा कोरोना भाइरस सङ्क्रमणबाट मुत्यु भएका शवको व्यवस्थापन गर्दै नेपाली सेना । उपत्यकामा  कोभिडबाट मुत्यु भएका शवलाई नेपाली सेनाले पशुपतिस्थित विद्युतीय शव दाह गृहमा व्यवस्थापन गदै आएको छ । 
कोभिड– १९ नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको निषेधाज्ञामा सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका यात्रु गन्तव्य जाँदै  । सरकारकाले सोमबार राति १२ बजेदेखि आन्तरिक उडान बन्द गरेको छ । 
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सोमबारबाट कर्णाली प्रदेश अस्पतालमा सञ्चालनमा ल्याएको अक्सिजन प्लान्ट कोरोना सङ्क्रमितलाई निरन्तरता दिन कर्मचारीलाई निर्देशन दिँदै ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: