×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : निषेधाज्ञाकैबीच लमजुङबाट घर फर्कंदै घोराहीका मजदुर, भद्रकालीबाट यस्तो देखियो २२ तले धरहरा…

PRIME CA

देश बोल्ने फोटो कथा : निषेधाज्ञाकैबीच लमजुङबाट घर फर्कंदै घोराहीका मजदुर, भद्रकालीबाट यस्तो देखियो २२ तले धरहरा…

२६ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले सङ्क्रमण बढेसँगै सरकारले लागू गरेको निषेधाज्ञाको अवधिमा घोराही घर फर्किदै गरेका मानिसदेखि भद्रकालीबाट देखिएको शहीदढोका र नयाँ धरहरासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
लम्जुङको इट्टाभट्टामा काम गर्न गएका  घोराही उपमहानगरपालिका–१९का नागरिक कोरोना सङ्क्रमण बढेसँगै सरकारले लागू गरेको निषेधाज्ञाको अवधिमा घोराही घर  फर्किदै । 
काठमाडौँको भद्रकालीबाट देखिएको शहीदढोका र हालै निर्माण सम्पन्न  धरहरा । दायाँबायाँ ढकमक्क ज्याकाराण्डा फूल ।
प्रतिनिधिसभा, कार्य व्यवस्था परामर्श समितिको आइतबार संघीय संसद भवनमा बसेको बैठक ।  सभामुख अग्निप्रसाद सापकोटासहित संसदका सबै दलका प्रमुख सचेतकसहितको बैठकमा कोभिड–१९ सङ्क्रमित एवम् पिसिआर नगरेका सांसदहरुको उपस्थिति र मतदानलगायतको आवश्यक व्यवस्थापन सम्बन्धमा छलफल भएको थियो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १९, छिल्लीकोटमा पानी लैजानका लागि जडान गरिएका सोलार । 
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालित एकीकृत शहरी खानेपानी तथा सरसफाई आयोजनाका लागि ६ नम्बर वडास्थित एक विद्यालय प्राङ्गणमा राखिएको खानेपानी वितरण पाइप । अवको दुई वर्षभित्र करिब सात हजारलाई खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएकोमा कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण आयोजनाको काम केही धकेलिएको छ ।
सुन्तला जोनमा समावेश भएको बागलुङ नगरपालिका–८, सिगानामा गत वर्ष लगाइएका सुन्तलाका बिरुवा ।  किसानले व्यावसायिक रुपमा गरेको सुन्तलाखेतीबाट अहिले पनि  सिगानामा वार्षिक रु दुई करोडको सुन्तला बिक्री हुँदै आएको छ । 
चन्द्रागिरि नगरपालिका कङ्काली डाडाँबाट  आइतबार देखिएको स्वयम्भू मन्दिरसहित काठमाडौँ उपत्यका ।
तनहुँको देवघाट गाउँपालिका–५ मा  साढे चार करोडको लागतमा निर्माण हुँदै गरेको देवघाट क्षेत्र विकास समितिको बहुउद्देश्यीय भवन ।
व्यास नगरपालिका–१०, सिसुवा भतेरीमा नगरपालिकाको सहयोगमा संरक्षण गरिएका छाडा चौपाया । संरक्षण केन्द्रमा हाल ५० भन्दा बढी गाई  छन् ।
कोरोना महामारीबाट बच्न सरकारले लागू गरेको निषेधाज्ञामा नागरिकलाई कामबाहेक घरबाहिर हिँडडुल नगर्न हनुमान ढोका परिसरमा माइकिङ गर्दै गरेका  सुरक्षाकर्मीको तस्बिर कैद गर्दै एक फोटोपत्रकार । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: