×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : डोल्पामा घोडाबाट सामान ओसारपसार गरिँदै, ओखलढुङ्गाका आगलागी पीडितको घरमै पुगेर सहयोग

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : डोल्पामा घोडाबाट सामान ओसारपसार गरिँदै, ओखलढुङ्गाका आगलागी पीडितको घरमै पुगेर सहयोग

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले डोल्पामा घोडाबाट सामान ओसारपसार गरिएकोदेखि ओखलढुङ्गाका अग्नी पीडितको घरमै पुगेर प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सहयोग गरेकोसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचारः पुगेर 
सदरमुकाम दुनैबाट उपल्लो डोल्पास्थित शे–फोक्सुण्डो गाउँपालिकाको भिजेरमा सामग्री लिएर जाँदै गरेको घोडा ।
प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ बिहीबार ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१, डुलडुलेका आगलागी पीडितका घरमै पुगेर राहत रकमको चेक हस्तान्तरण गर्दै । मन्त्री गुरुङले प्रदेश सरकारको तर्फबाट पाँच परिवारलाई ५० हजारका दरले रु दुई लाख ५० हजार र आफ्नो व्यक्तिगत तर्फबाट प्रतिपरिवार २५ हजारका दरले रु एक लाख २५ हजार राहत उपलब्ध गराउनुभएको छ । मन्त्री गुरुङ चम्पादेवीको बाढी पहिरो प्रभावित र मोलुङ गाउँपालिकाका अग्नि पीडितलाई सान्त्वना दिन राहत लिएर स्थलगत निरीक्षणमा पुग्नुभएको हो । 
म्याग्दीको रघुगङ्गा गाउँपालिकाकाको कोभिड अस्थायी अस्पतालमा भर्ना भएका कोरोना सङ्क्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी । 
सङ्खुवासभाको चैनपुर नगरपालिका – ८ बानेश्वर डाडाँमा  बाख्रा चराउँदै बालबालिका । पछिल्लो समय सामुदायिक वनले चरन निषेध गरेपछि बाख्रापालन व्यवसाय सङ्कटमा । ग्रामीण भेगमा खसी, बाख्रा बचेर घरखर्च चलाइन्छ ।
म्याग्दीको बेनी अस्पतालमा रहेको सुविधा सम्पन्न आइसोलेशन कक्षमा उपचाररत कोरोना सङ्क्रमित । यहाँका प्रत्येक बेडमा अक्सिजन प्लान्टबाट सिधै अक्सिजनको आपूर्ति गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–७ स्थित आधारभूत शहरी स्वास्थ्य केन्द्रलाई अत्यावश्यकीय स्वास्थ्य सामग्री प्रदान गर्दै वडाका जनप्रतिनिधि ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको कोरोना विशेष मेट्रो अस्पाललाई एसी हस्तान्तरण गर्दै तुलसीपुर नगर जेसिजका  अध्यक्ष नारायण भट्टराई । सोही एसी तुलसीपुरका व्यवसायी जनक खरालले उक्त एसी सहयोग गर्नुभएको हो । 
पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको चौमालामा तीव्र गतिका कारण दुर्घटना भएको मालबाहक ट्रक । दुर्घटनामा मानवीय क्षति  भएको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: