×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : निषेधाज्ञाको उल्लङ्घन गर्ने बनेपाका सर्वसाधारणलाई कारवाही गरिँदै, झनै सुनसान हुँदै पोखरा…

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । 
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले निषेधाज्ञाको उल्लङ्घन गरेका बनेपाका सर्वसाधारणलाई प्रहरीले कारवाही गरेकोदेखि सुनसान बनेको पोखराको  सिर्जनाचोकसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
निषेधाज्ञाको उल्लङ्घन गर्दै हिँडेको जनाउँदै काभ्रेपलाञ्चोकको बनेपा प्रहरीले चारदोबाटोमा स्थानीय र मोटरसाइकल चालकलाई ‘होल्ड सेन्टर’ मा राखी सोमबार बिहान कारबाही गर्दै । प्रहरीले सेन्टरमा एक घण्टा राखेर सम्झाइ बुझाई गरेर  छाडेको थियो । जिल्लामा स्थानीय प्रशासनले सोमबारबाट थप एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ । 
कोरोना भाइरसको सङ्क्रमण अत्यधिक बढेसँगै  सरकारले लागू गरेको निषेधाज्ञाका समयमा सुनसान देखिएका पोखराको  सिर्जनाचोक र  बन्दै गरेको आकाशे पुल ।
दाङको तुलसीपुर उपमहानगरपालिका भित्रका कोरोना सङ्क्रमितलाई एक ठाउँबाट अर्को ठाउँ लैजाँदै उपमहानगरपालिकाको एम्बुलेन्स । 
म्याग्दीको सदरमुकाम बेनीको कालीपुलमा सोमबार सडक कालोपत्रे गरिँदै । पुर्वाधार बिकास कार्यालय म्याग्दीले कालीपुल क्षेत्रमा करीब ७०० मिटर सडक कालोपत्रे गरेको छ । 
कोरोना भाइरसको सङ्क्रमण अत्यधिक बढेसँगै  सरकारले लागू गरेको निषेधाज्ञाका समयमा सुनसान देखिएका पोखराको  सिर्जनाचोक र  बन्दै गरेको आकाशे पुल ।
तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत केन्द्रले आँबुखैरेनी गाउँपालिकालाई सोमबार हस्तान्तरण गरेको सिलिन्डर । केन्द्रले गाउँपालिकालाई नौ थान भरी र ३ थान खाली सिलिन्डर हस्तान्तरण गरेको छ । 
कोभिड–१९ को सङ्क्रमण अत्यधिक बढेपछि  रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञामा  सुनसान देखिएको  भद्रकाली सिंहदरबार पश्चिमद्वार सडक । 
व्यास नगरपालिकाद्वारा जिल्ला ट्राफिक कार्यालय तनहुँलाई प्रदान गरिएको ट्राफिक सङ्केत बोर्ड । नगरपालिकाले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन कार्यका लागि २८ थान बोर्ड प्रदान गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: