×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : महामारीका बेला काठमाडौँको रोडमा घुम्दै विदेशी पर्यटक, साँगे खोलामा माछा मार्दै तनहुँका महिला

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ जेष्ठ २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : महामारीका बेला काठमाडौँको रोडमा घुम्दै विदेशी पर्यटक, साँगे खोलामा माछा मार्दै तनहुँका महिला

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले महामारीका बेला काठमाडौँको रोडमा घुम्दै गरेका विदेशी पर्यटकदेखि साँगे खोलामा माछा मार्दै गरेका तनहुँका महिलासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
काठमाडौँको ठमेलबाट रिक्सामा आफ्नो गन्तव्यतर्फ जाँदै विदेशी पर्यटक ।
तनहुँको व्यास नगरपालिका–५, साँगे खोलामा माछा मार्दै महिला । 
कोरोना भाइरसबाट सङ्क्रमित भई होम आइसोलेशनमा बसेकालाई  घरमै पुगेर स्वास्थ्य सामग्री वितरण गर्दै सप्तरी, सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम शर्मासहित टोली ।
कोरोनाको सङ्क्रमण बढेसँग सरकारले लागू गरेको  निषेधाज्ञाका समयमा  लमजुङको मस्र्याङदी गाउँपालिका र दोर्दी गाउँपालिकाको सिमानामा रहेको बराहपोखरीमा घुम्न आएका आन्तरिक पर्यटक । विष्णु भगवान्को वासस्थान एवं थकाइ मेटेको कथासँग जोडिएको बराहपोखरीमा हरेक वर्ष वैशाख पूर्णिमा र जनैपूर्णिमामा  भक्तजनको भीड लाग्ने गर्छ । 
वालिङ नगरपालिकाले वालिङस्थित गह«ौं प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेशन कक्ष  । 
शे–फोक्सुण्डो गाउँपालिका –३, साल्दाङ डोल्पामा मौसम खुलेपछि चार हजार २०० मिटरमाथि  देखिएको भू–भागमा  । यो ठाउँमा आकाशमा बादल देखिने बितिकै हिमपात हुने गर्दछ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार  कोभिड–१९ विरुद्धको दोस्रो डोज खोप लगाउन  लामबद्ध  भएर बसेका सांसदका  स्वकीय सचिव, मर्यादापालक, सुरक्षासँग सम्बन्धित कर्मचारी र संसदीय मामिला पत्रकार । 
कोरोना भाइरसको सङ्क्रमण बढेपछि  त्यसको रोकथामका लागि सरकारले लागू गरेको निषेधाज्ञाको बेला काठमाडौँको  लैनचौरमा गुडाइएको सवारी साधनको पास भए नभएको जाँच गर्दै सुरक्षाकर्मी ।
पाल्पाको रामपुर नगरपालिका–५, बेझाडमा किसानले गरेको सूर्यमुखी फूलको खेती । यहाँ पकेटक्षेत्र कार्यक्रमअन्तर्गत यस  वर्षबाट व्यावसायिक रुपमा कृषकले सूर्यमुखीको खेती सुरु गरेका छन् ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत जनकपुरधाम–१४, मुजेलियामा रहेको  मनिपाल मेडिकल कलेजको भवनमा प्रदेश सरकारले निर्माण गर्न लागेको १०० बेडको कोभिड अस्पताल आइतबार निरीक्षण गर्दै  । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: