×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : आगलागीबाट सप्तरीमा हजारौं नोट जलेर नष्ट, रोपाइँमा व्यस्त काठमाडौँस्थित साँखुका किसान

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले आगलागीबाट सप्तरीमा हजारौं नोट जलेर नष्ट भएकोदेखि रोपाइँमा व्यस्त भएका काठमाडौँस्थित साँखुका किसानसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचारः
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० स्थित रञ्जितपुर टोलमा भएको आगलागीमा पुरै जल्नबाट जोगिएका केही नगद । 
रोपाइँ गर्दै काठमाडौँ, साँखुका किसान । 
म्याग्दीको बेनी नगरपालिका–९ , गिठेनीका गणेश चोखाल नर्सरीमा उत्पादन भएका सुन कागतीका बिरुवा स्याहार गर्दै । बाली विज्ञान विषयमा आइएस्सी एजी उत्तीर्ण चोखाल आफूले हासिल गरेको सैद्धान्तिक शिक्षालाई व्यवहारमा उतारेर स्वरोजगार बन्नुभएको छ ।
गण्डकी प्रदेश सरकारद्वारा पोखरा महानगरपालिका– ३०, मोहोरीयामा निर्माण हुने सङ्क्रामक तथा सरुवा रोग अस्पताल भवनको परिसरमा निर्माण गरिने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवनको शिलान्यास गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ।
धरानमा क्रियाशील सात राजनीतिक दलका नेता तथा कार्यकर्ता अस्पताल सुधारको माग गदैं  धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यालयअगाडि सोमबार प्लेकार्डसहित धर्ना दिँदैं ।
म्याग्दीको मङ्गला गाउँपालिका–३, बरङ्जाको आल्टामा धान रोप्दै किसान । म्याग्दीका उच्च लेकाली क्षेत्रमा रोपाइँ सुरु भएको छ ।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिर । लुम्बिनी विश्वसम्पदा सूचीमा सूचीकृत  छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: