
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले दाङमा बोटमै गोलभेडा कुहिन थालेपछि चिन्तित भएका किसानदेखि संक्रमितको हेलिकप्टरबाट उद्दार गरिँदैसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
दाङको तुलसीपुर उपमहानगरपालिका– १३ मा करीब ३० बिघा क्षेत्रफलमा किसानहरुले लगाएका गोलभेडा बिक्री नभएपछि बोटमै कुहिन थाले । निषेधाज्ञाले गर्दा बजार लैजान नसकिएपछि गोलभेडा बोटमै कुहिने अवस्थामा रहेको हो ।

जिल्ला अस्पताल मनाङमा तीन दिनदेखि उपचार गराइरहेको कोरोना सङ्क्रमित दम्पतीलाई थप उपचारका लागि अल्टिच्युड हेलिकप्टरद्वारा थप उपचारका लागि बुधबार बिहान गण्डकी अस्पताल पोखरा लगिँदै । जिल्लाभर एक विदेशीसहित ४२ सङ्क्रमित छन् ।

डोल्पोबुद्ध गाउँपालिकाको धो डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णालीको चामल खच्चडबाट ढुवानी गरी दुनैतर्फ ल्याइँदै ।

चन्द्रागिरि नगरपालिका–१३ मा निर्माण हुुने मदन भण्डारी स्मृति उद्यान स्थल । पृष्ठभूूमिमा देखिएको काठमाडौँ उपत्यका ।

कोभिड–१९ को सङ्क्रमण बढेपछि सरकारले जारी गरेको निषेधाज्ञाको बुधबार पुतलीसडकमा उल्लङ्घन गरी बिनापास चलाइएको सवारी साधनलाई नियन्त्रणमा लिँदै ट्राफिक प्रहरी ।

विश्व सम्पदाको सूचीमा सूचीकृत पर्यटकीयस्थल स्वयम्भूको विश्वशान्ति पोखरीको धारा पानी पिउँदै बाँदर । कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले जारी गरेको निषेधाज्ञाका कारण आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत थप्प भएको छ ।

जिल्ला ट्राफिक कार्यालय तनहुँले बुधबार निषेधाज्ञाको अवज्ञा गर्दै चलाइएका मोटरसाइकल नियन्त्रणमा लिएको दृश्य । कोरोना महामारीको जोखिम दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै अनावश्यक रुपमा चलाइएका ३६ मोटरसाइकल र एक जीपलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बनेपाका युवा गुर्जो सङ्कलन गरी वितरणका लागि लैजाँदै । गुर्जो अभियानकर्मी मुक्ति विष्टको टोलीले हाल कोरोनाको दोस्रो लहरमा पनि कोरोना सङ्क्रमित, आइसोलेशन, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी, स्थानीय तह तथा जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारीलगायतलाई निःशुल्क बहूपयोगी रोग प्ररोधात्मक क्षमता वृद्धि गराउने जडिबुटी गुर्जो वितरण गरिरहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्