×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : एकाबिहानै भूकम्प जाँदा लमजुङका स्थानीयवासी त्रसित, मास्क लगाएरै गहुँ भित्र्याउँदै किसान…

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले एकाबिहानै भूकम्प जाँदा लमजुङका स्थानीयवासी त्रसित बाहिर निस्किएकोदेखी मास्क लगाएरै गहुँ भित्र्याउँदै गरेका भक्तपुरका किसानसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ स्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प जाँदा सुरक्षाका लागि घर बाहिर सडकमा निस्केका बेँसीशहर नगरपालिका–७ का स्थानीय बासिन्दा । यसबाहेक जिल्लाका अधिकांश स्थानीय बासिन्दा घर बाहिर सकड, बाटो र खुला तथा सुरक्षित स्थानमा बसेका छन् । जिल्लामा पटक–पटक भूकम्पको धक्का महशुस भइरहँदा जिल्लावासी त्रसित बनेका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका झौखेलमा बुधबार गहुँ भित्र्याउने तयारी गर्दै कृषक । गहुँपछि धान रोपाईं गरिन्छ । 
बन्दिपुर गाउँपालिका– ६ बागेका लोकबहादुर गुरुङ ११ वर्षको उमेरमा घरबाट हराएपछि बुधबार ३४ वर्षपछि गाउँ फर्किएका छन् । बाटोमा बेवारिसे अवस्थामा गुरुङलाई भेटेपछि समाजसेवी अनसुल लोहनीको सक्रियतामा ल्याइएको हो । 
कञ्चनपुरको महाकाली नदीमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्दै नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकको सैनिक टोली । 
कैलालीको सेती प्रादेशिक अस्पतालअन्तर्गतको अस्थायी कोरोना अस्पतालमा उपचाररत कोरानाका बिरामी कुरुवालाई बुधबार निःशुल्क खाना वितरण गर्दै धनगढीको रोयल कोल्याबोरेटिभ्सको टीम  । कोल्याबोरेटिभ्सले केही दिनअघि मात्रै निःशुल्क आकम्मिक एम्बुलेन्ससहितको हेल्प डेस्क सञ्चालन गरी सेवा दिँदै आइरहेको छ ।
कोरोना महामारी रोकथामका लागि अनावश्यक रुपमा ओहोरदोहोर गर्नेलाई रोक लगाउँदै  जैमिनी नगरपालिका–६ जनप्रतिनिधि र सुरक्षाकर्मी । 
शे–फोक्सुण्डो गाउँपालिकामा खानेपानी योजना निर्माणका लागि डोल्पाको सदरमुकाम दुनैबाट खच्चडमा इन्धन र प्लाष्टिक पाइप बोकाएर ल्याइँदै । सदरमुकाम दुनैबाट शे–फोक्सुण्डो गाउँपालिकासम्म खच्चडबाट यो सामग्री ढुवानी गर्दा हप्ता दिनभित्र पुग्ने गर्दछ ।
युवा सङ्घ नेपालले कैलालीको टीकापुर अस्पतालमा बिरामी र बिरामीका कुरुवाका लागि निःशुल्क खानाको व्यवस्थापन गर्दै । उनीहरुले बिरामी र कुरुवाका लागि दुई छाक खान र एक समय खाजाको व्यवस्थापन गरेका छन् । 
लमजुङ मस्र्याङ्दी गाउँपालिका– ३ भुलभुले केन्द्रविन्दु बनाएको बुधबार बिहान गएको भूकम्पले बेँसीशहर नगरपालिका– ६ चनौटेका ३६ वर्षीय उमा गुरुङको भत्किएको घर । यस घर भत्किँदा उमा गुरुङ घाइते हुनुभएको छ, भने जिल्लाका विभिन्न घर भत्किँदा उमासहित चार जना घाइते भएका छन् । एक दर्जन बढी घरमा क्षति पुगेको छ । 
छिमेकी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले आसपासमा केन्द्रविन्दु बनाएर बुधबार बिहान गएको ५।८ रिक्टरको भुकम्पको धक्काले तनहुँको व्यास नगरपालिका–१४ स्थित कुलुङ निवासी कृष्णबहादुर कामीको घरमा पु¥याएको क्षति । भुकम्पले घरको केही भाग भत्किए पनि मानवीय क्षति नभएको वडाध्यक्ष काजीमान श्रेष्ठ बताउनुहुन्छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: