×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

तमोर कोरिडोर ताप्लेजुङको निर्माण कार्य स्थगन, यस्तो छ कारण

फुङ्लिङ । दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-६ इलाडाँडा पुगेर निर्माण कार्य स्थगित भएको छ । कोभिडका कारणले आवश्यक सामग्री ढुवानी गर्न समस्या भएकाले गत हप्तादेखि स्थगित गरिएको हो ।
कोभिड-१९ को सङ्क्रमणका कारण निषेधाज्ञा लागु भएपछि कोरिडोरको काम गर्न आवश्यक सामग्री ल्याउन नसकिएकाले निर्माण कार्य स्थागित गरिएको एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले बताउनुभयो । सात वटा स्काभेटरले ट्र्याक खोल्ने कार्य गर्दै आएकामा बिर्तामोडदेखि निषेधाज्ञाका समयमा डिजेल ढुवानी गर्न समस्या भएपछि स्थगित गर्नुपरेको निर्माण कम्पनीले जनाएको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: