
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रहरीले खाद्यान्न ढुवानीमा अवरोध गरेको छ । निषेधाज्ञा पालना नगरेको भन्दै १० बजेपछि खाद्यान्न बोकेर गुडेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर होल्डमा राखेको हो । खाद्यान्न बोकेका गाडीलाई प्रहरीले नियन्त्रणमा लिएपछि व्यवसायी सागर देव भट्टले गुनासो गरेका छन् । आवश्यक कागज पत्र बोकेर हिडेको सवारी साधनलाई पनि अवरोध गरिएको भट्टको गुनासो छ ।
बिहीबार उपत्यकामा १० बजेपछि मालबाहक सवारी साधन पनि गुड्न नदिइएको नेपाल किराना व्यवसायी संघले पनि जनाएको छ । तीब्र रुपमा बढिरहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा गर्नु परेको भन्दै प्रहरीले सवारी साधन रोकेको संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताएका छन् ।
कोभिड कडा भएको भन्दै खाद्यान्न बोकेका सवारी साधनलाई रोकेपछि मन्त्रालयमा आफूले गुनासो गरेको तर सुनुवाइ नभएको पनि अध्यक्ष श्रेष्ठले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने खाद्यान्न बोकेको सवारी साधन रोक्ने कुनै नीति नभएको दाबी गरेको छ । यस्तै खाद्यान्न बोकेका गाडीलाई जुनकुनै समयमा चल्न पाउने व्यवस्था यथावत रहेको र यसमा कतै अवरोध नहुने सहसचिव श्रेष्ठले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्