×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंक लिमिटेडको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बिक्री खुला, कति पाईन्छ ब्याजदर (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु बैंक लिमिटेडको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बिक्री खुला, कति पाईन्छ ब्याजदर (विवरणसहित)

११ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु बैंक लिमिटेडले आज मंगलबारदेखि ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० वर्ष अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ जारी गरेको हो  ।
४० लाख इकाई ऋणपत्रमध्ये २५ सय इकाई ऋणपत्र म्युचुअल फन्डलाई बाँडफाँड भइसकेको छ भने २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी १६ लाख ७७ हजार ५०० इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सो ऋणपत्रमा बैंकले वार्षिक ८.५% ब्याजदर दिनेछ ।
बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गर्नेछ । बैंकको ऋणपत्रमा जेठ १६ गतेसम्म आवेदन दिन पाइनेछ भने उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ २६ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । प्रभु बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ रेटिङ दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी