×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु सेलेक्ट फन्डको १२ करोड ५० लाख इकाई बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रभु सेलेक्ट फन्डको १२ करोड ५० लाख इकाई बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

१४ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु सेलेक्ट फन्डको कुल १२ करोड ५० लाख इकाई बाँडफाँड भएको छ । प्रभु सेलेक्ट फण्डमा आवेदन दिने ८५ हजार ५ सय ५५ आवेदक मध्ये दोहोरो आवेदन तथा अन्य कारणबाट आवेदन रद्ध भएका बाहेक ८२ हजार १ सय ५२ जना आवेदकहरु सबैलाई प्रभु सेलेक्ट फण्डको इकाई बाँडफाँड गरिएको छ । न्यूनतम १०० इकाई देखि १० लाख इकाईसम्म आवेदन गर्ने सबैलाई आवेदन अनुसार कै इकाईहरु बाँडफाँड गरिएको छ भने १० लाख इकाई माथि आवेदन गर्ने आवेदकहरुलाई बराबरी रुपमा इकाईहरु बाँडफाँड गरिएको छ ।
जेष्ठ ५ गते देखि ९ गते सम्म सार्वजनिक निष्काशन गरिएको प्रभु सेलेक्ट फण्डमा १० करोड इकाईको निष्काशन गरिएकोमा निष्काशनको करिब २ गुणा सम्म आवेदन परेपछि स्वीकृत विवरण पत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष निर्देशिका २०६९ अनुसार प्रभु सेलेक्ट फण्डको आकार १२ करोड ५० लाख इकाई अर्थात रु. १ अर्ब २५ करोडको भएको छ ।
सो मध्ये सर्वसाधारण लगानीकर्ताहरुलाई १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँड गरिएको छ । फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १४ प्रतिशत अर्थात रु. १७ करोड ५० लाख बराबरको १ करोड ७५ लाख इकाई र योजना व्यवस्थापक प्रभु क्यापिटललाई रु. १ करोड २५ लाख वापत १२ लाख ५० हजार इकाई सुरक्षित गरी बाँडफाँड गरिएको हो ।
बाँडफाँडको नतिजा प्रभु क्यापिटलको https://iporesult.prabhucapital.com/ तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np/ बाट केही समय पश्चात हेर्न सकिने व्यवस्था मिलाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: