- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको १०.५३% लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । लाभांश पाउन आज कार्यालय समयसम्म कम्पनीको सेयर किन्नु पर्नेछ । सभाका लागि कम्पनीले वैशाख २६ गते आइतबार बुक क्लोज गर्दैछ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.५३% नगद लाभांश वितरण गर्दैछ ।