×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित १० प्रतिशत बोनस सेयर पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रभु इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित १० प्रतिशत बोनस सेयर पारित

Artha Sarokar

६ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको जेठ ६ गते बिहीबार २५औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । कम्पनीले भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गरेको हो । सभामा सेयरधनीहरुले जुममार्फत आफ्नन-आफ्ना विचार प्रस्तुत गरेका थिए ।
साधारणसभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै बोनस सेयरको कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांस पनि पारित गरेको छ । सभाले वर्तमान लेखापरीक्षक मदन निरौला एण्ड कम्पनीलाई पुनः नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै कम्पनीले प्रबन्धपत्रको दफा घ मा कम्पनीको उद्देश्य अन्तर्गत सामुहीक लगानी कोष योजना संचालन गर्ने गराउने विषय पनि थप गरेको छ । सभाले सञ्चालक समितिको बैठक भत्ता बृद्धि गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी