
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले जेठ ११ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० वर्ष अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ जारी गर्न लागेको हो ।
४० लाख इकाई ऋणपत्रमध्ये २५ सय इकाई ऋणपत्र म्युचुअल फन्डलाई बाँडफाँड भइसकेको छ भने २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी १६ लाख ७७ हजार ५०० इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सो ऋणपत्रमा बैंकले वार्षिक ८.५% ब्याजदर दिनेछ ।
बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गर्नेछ । बैंकको ऋणपत्रमा जेठ १६ गतेसम्म आवेदन दिन पाइनेछ भने उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ २६ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । प्रभु बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ रेटिङ दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्