×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रहरीको जागिर गाह्रो : चिउँडोमा मास्क भिरेर प्रहरीलाई यसरी थर्काउँछन् व्यवसायी, अधिकांससँग नक्कली पास ! (फोटो कथा)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँमा बुधबार एक अचम्मको दृश्य देखियो । ट्राफिक प्रहरीले गाडी जाँच्न खोज्दै थिए । अत्यावश्यक सेवामा नपरेको जस्तो गाडी गुडेको देखेपछी उनले आवश्यक कागज माग्दै थिए । तर गाडीबाट ओर्लेर कसैले नमज्जासँग प्रहरीलाई हप्कायो । यतिसम्म कि ती व्यक्तिले मास्क फुकालेर चिउँडोमा भिरेर प्रहरीलाई थर्काउन थाले । त्यहाँ विवाद भन्दा पनि कोरोनाको डर भयो, प्रहरीले गाडी छोडीदिए । यो एउटा प्रतिनिधि घटनाको तस्विरमात्र हो । काठमाडौँमा अझै पनि प्रहरीलाई सार्है गाह्रो ड्युटीमा खटाइएको छ । अधिकांसको कार्ड नक्कली छ । कोहि अनेक बहाना गर्छन् । रोक्न खोज्दा मन्त्रीको कुरा गर्छन् । कोहि अनुनय विनय गर्छन् । कोहि थर्काउँछन् ।
कतिपयले झोलामा केहि हजारको औसधि राखेर निर्वाद हिंडेका छन् र आफ्नो अर्कै व्यवसाय गरिरहेका छन् । कोहिले नक्कली प्रेस कार्ड बोकेका छन् । यतिसम्म बदमासी भएको छ कि कतिपयले त आफ्नो नक्कली प्रेस पासमा सूचना विभागबाट मान्यता प्राप्तसमेत लेख्न भ्याएका छन् । जवकी सूचना विभागले जारी गर्ने सरकारी कार्ड अर्कै हुन्छ ।
कतिपयले झोलामा औसधि राखेर इन्भर्टरको व्यापार गरिरहेका छन् । तर यो सब बुझेर पनि प्रहरीलाई गाह्रो छ । समाउँ, के हो के हो, नसमाउँ, कार्ड नक्कली भन्ने थाहा छ । विवाद गर्न थालौं नजिक आउन थाल्छन् , मास्क फुकाल्न थाल्छन्, झन् जोखिम ।
यहि भएर होला अहिले धेरै प्रहरीहरु बाटोमा निराश देखिन्छन् । र पनि आखिर ड्युटी त गर्नु नै छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: