
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वितरण गरेको सिलिण्डर आफ्नै खर्चमा किनेको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ । जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये ६० वटा उनले आफैले विद म्यानेजमेन्ट प्रालिमार्फत खरिद गरेको तथ्य फेला परेको हो ।
आलेलाई बदनाम गराउने बदनियतका साथ विपक्षीहरुले सामाजिक संजालमा चर्को आलोचना गरिरहेका छन् ।चिनियाँ अनुदानमा आएको सिलिण्डर दिएर प्रचार बाजी गरेको आरोप लगाउँदै उनका विरोधीहरु सामाजिक संजालमा अहिले सक्रिय छन् । तर अन्तत: सत्य बाहिर आएको छ ।
यसो त उनले सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा बोल्दै उक्त सिलिण्डर दिएको नभइ आफ्नै खर्चमा किनेको बताइसकेका छन् । ‘अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा भ्रामक समाचार सम्प्रेषण हुनु आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ ।’ कार्यक्रममा बोल्दै उनले भने ।
महामारीका बेलामा आफ्ना नागरिकको ज्यान बचाउनु नेताहरुको धर्म र कर्तव्य भएको जनाउँदै आफूले अन्य समयमा पनि बिरामी नागरिकलाई पटकपटक स्वास्थ्योपचारका लागि व्यक्तिगतदेखि सामूहिक सहयोग गर्दै आएको जानकारी दिए।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्