×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भ्याट बिल आफैं बोल्छ : हेर्नुहोस् वनमन्त्री आलेले आफ्नै खर्चमा सिलिण्डर किनेको प्रमाण (बिलसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वितरण गरेको सिलिण्डर आफ्नै खर्चमा किनेको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ । जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये  ६० वटा उनले आफैले विद म्यानेजमेन्ट प्रालिमार्फत खरिद गरेको तथ्य फेला परेको हो  ।
आलेलाई बदनाम गराउने बदनियतका साथ विपक्षीहरुले सामाजिक संजालमा चर्को आलोचना गरिरहेका छन् ।चिनियाँ अनुदानमा आएको सिलिण्डर दिएर प्रचार बाजी गरेको आरोप लगाउँदै उनका विरोधीहरु सामाजिक संजालमा अहिले सक्रिय छन्  । तर अन्तत: सत्य बाहिर आएको छ ।    
यसो त उनले सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा बोल्दै उक्त सिलिण्डर दिएको नभइ आफ्नै खर्चमा किनेको बताइसकेका छन्  । ‘अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा भ्रामक समाचार सम्प्रेषण हुनु आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ ।’ कार्यक्रममा बोल्दै उनले भने ।  
महामारीका बेलामा आफ्ना नागरिकको ज्यान बचाउनु नेताहरुको धर्म र कर्तव्य भएको जनाउँदै आफूले अन्य समयमा पनि बिरामी नागरिकलाई पटकपटक स्वास्थ्योपचारका लागि व्यक्तिगतदेखि सामूहिक सहयोग गर्दै आएको जानकारी दिए।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: