
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रिमियर इन्स्योरेन्सले २८ करोड ९६ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा भन्दा ५२.०६% ले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले १९ करोड ४ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै एक वर्षको अवधिमा कम्पनीको खुद बिमा शुल्क ११.४१% ले बढेर ५९ करोड ८२ हजार रुपैयाँ पुगेको छ भने बिमा कोषको आकार पनि ३७.१९% ले बढेर ८१ करोड ५ लाख ४ हजार रुपैयाँ पुगेको छ ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३५ रुपैयाँ ९४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ २२ पैसा छ । यसअवधिमा कम्पनीले कुल १ अर्ब २ करोड ९९ लाख ७७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । भने भुक्तानी हुन बाँकी दाबी रकम २ अर्ब १८ रोड ४३ लाख ६ हजार रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्