- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । लुम्बिनीको ५% बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजनपछिको मूल्य ७९१ रुपैयाँ तोकिएको छ ।
यस्तै सिद्धार्थको १२% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको मूल्य १ हजार २०५ रुपैयाँ तोकिएको छ । यही भाउलाई आधार मानेर आइतबार दुवै कम्पनीको सेयर कारोबार खुल्नेछ ।