×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम कर्मर्सियल बैंकमा आगलागी, कम्प्युटर र फर्निचर जलेर नष्ट, यस्तो छ थप विवरण…

  • अर्थ सरोकार सम्बाददाता

चितवन । प्राइम कमर्सियल बैंकमा आगलागी भएको छ । चितवनको भरतपुर–१० चौविसकोठीस्थित रहेको प्राईम कमर्सियल बैँकको शाखामा सोमबार अपरान्ह आगलागी भएको हो ।

चितवन प्रहरीका अनुसार बिजुली तार सर्ट भई आगलागी भएको हो । यसअघि पनि सोहि ठाउँमा रहेको अर्को एक बैंकमा बिजुली तार सट भई आगलागी भएको थियो ।

आगलागीबाट बैंकको काउन्टरमा रहेको कम्पयुटर, प्रिन्टर, फर्निचर लगायतका सामानहरु पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी साँझसम्म नियन्त्रणमा आइसकेको छ ।

नेपाल प्रहरी, नेपाली सेनाको कालीबहादुर गण र भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो । लकडाउनको समय भएपनि अत्यावश्यक सेवा भएकाले प्राइम कमर्सियल बैंकको सो शाखा लगायतका बैंकका शाखा खुला रहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: