
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राइम लाइफ इन्स्योरेन्सले २२ करोड ८६ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २४.८६% ले बढी हो । गत वर्षको सोहि अवधिमा कम्पनीले १८ करोड ३० लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद बिमा शुल्क ३७.४९% ले बढेर ३ अर्ब ७ करोड ६६ लाख ८ हजार रुपैयाँ पुगेको छ भने जीवन बिमा कोषको आकार पनि ३१.३५% ले बढेर १४ अर्ब ३६ लाख १९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा ६२ करोड ५२ लाख ९९ हजार रुपैयाँ छ भने प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९८ पैसा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्