×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धकको निधन, यस्तो छ कारण

  • अर्थ सरोकार सम्बाददाता 
रामेछाप । राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारीको निधन भएको छ । कोरोना संक्रमणबाट मन्थली शाखाका प्रबन्धक रविन्द्र मण्डलको शनिबार बिहान निधन भएको हो । रामेछापमा कोरोना सङ्क्रमण भई आफ्नै जिल्ला धनुषाको जनकपुरस्थित जानकी हेल्थ कियरमा उपचारका क्रममा मण्डलको निधन भएको शाखाका बरिष्ठ सहायक सुदर्शन पौडेलले जानकारी दिए ।
धनुषा जिल्ला विधेह नगरपालिका वडा नं ५ मुडिया घर भएका प्रबन्धक मण्डल बिगत ४ बर्षदेखी राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखामा कार्यरत रहेका थिए । मण्डललाई वैशाख २५ गते एन्टिजेन्ट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: