×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राधी विद्युत कम्पनीमा यसरी भयो खुलेआम इन्साइडर ट्रेडिङ, धितोपत्र बोर्डले थाहा पायो तर बुझ पचायो… (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राधी विद्युत कम्पनीमा यसरी भयो खुलेआम इन्साइडर ट्रेडिङ, धितोपत्र बोर्डले थाहा पायो तर बुझ पचायो… (भिडियो)

१७ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
हुन त नेपालका अधिकांस कम्पनीहरुमा इन्साइडर ट्रेडिङ हुन्छ भन्ने चर्चा चौतर्फी छ । पछिल्ला केहि घटनाक्रमले यो तथ्यलाई पुष्टी नजिक लगिरहेको छ। बजारमा खुलेआम इन्साइ डर ट्रेडिङ हुँदा पनि नियामक रमिता हेरेर बस्दा पछिल्लो समय यस्तो धन्दा झन् फष्टाएको छ । अझ पछिल्लो समय खुलेआम यस्तो बदमासी गर्ने अजोड इन्स्योरेन्सलाई बोर्डले कारवाही गर्न खुट्टा कमाउँदा अन्य कम्पनीहरुमा पनि यस्तो बदमासी भईरहेको छ । र त्यसको पछिल्लो उदाहरण हो राधी विद्युत कम्पनीमा भएको इन्साइडर ट्रेडिङ अर्थात भित्री कारोबार।
करी भयो त राधिमा भित्री कारोबार ?
राधि विद्युत कम्पनीले ३६.५ प्रतिशत बोनसको घोषणा गर्यो । आर्थिक बर्ष २०७७-७८ को तेश्रो त्रैमासिकको वित्तीय विवरण अनुसार बार्षिकीकृत इपीएस १७.६३ रुपैयाँ र नेटवर्थ १५१.८५ रुपैयाँ रहेको यो कम्पनीको सेयरको मूल्यमा खेलाडीहरुले भित्री सुचनाको आधारमा यसरी खेले कि सूचना पहिला नै लिक हुँदा यो स्टकमा नमज्जासंग चलखेल भयो । सूचना सार्वजनिक हुनु अगावै कम्पनीको सेयरको मूल्य अघिल्ला २० दिन अगाडी नै झन्डै ५० प्रतिशतले बढीसकेको थियो । सेयरको भोलुममा पनि उल्लेखीय वृद्धि भयो । जसको कारण थियो लिक भएको सूचना । अर्थात कम्पनीले कति बोनस दिंदैछ भन्ने तथ्य, पहिला नै लिक भईसकेको थियो ।
अघिल्ला केहि बर्षहरुदेखि नै कम्पनीको सेयर मूल्य १५० रुपैयाँ हाराहारी थियो । र केहि महिना अघिसम्म पनि यो सेयरको मूल्य यहि हाराहारी थियो । तर यो कम्पनीको सेयरको मूल्य केहि महिना अघिदेखि यसरी बढ्यो कि अहिले यो सेयरको मूल्यले ठुलो उचाईं लिइसकेको छ ।
कम्पनीको लाभांश इतिहास हेर्दा आर्थिक बर्ष २०७३७४ सालमा कम्पनीले १० प्रतिशत बोनस सेयर दिएको थियो भने आर्थिक बर्ष २०७४-७५ मा ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद दिएको थियो । यस्तै आर्थिक बर्ष २०७५-७६ मा सो कम्पनीले कुनै पनि लाभांश दिएको थिएन । तर हल्लाहरु यसरी आएका थिए कि राधिले केहि खास दिंदैछ। जसका कारण यो सेयरको मूल्य उकास्न थालिएको थियो । बोनसको सूचना बाहिरिएपछी सूचना सार्वजनिक हुनु अगावै यो सेयरको मूल्यमा चलखेल भएको प्रष्ट हुन्छ भन्ने तर्क छ धेरै लगानीकर्ताहरुको ।
नभन्दै बाहिर चलेको हल्लाजस्तै घोषणा गर्यो कम्पनीले । जसका कारण कम्पनीको सेयर मूल्यमा सर्किट लाग्यो ।
अघिल्ला २० दिनको कारोबार हेर्ने हो भने कारोबार भोलुममा ठुलो बढोत्तरी छ अर्थात झन्डै ४५ करोडको सेयर किनिएको छ र सेयरको मूल्य ६५ प्रतिशतले बढेको छ । यसले पनि कम्पनीको सेयर मूल्यमा असर पर्नेगरी भित्री कारोबार भएको प्रष्ट हुन्छ ।
यसरी भएको कारोबारले सेयरको मूल्य माथि पुर्याउने निश्चित थियो । उच्च बिन्दुमा पुगेपछि भित्री कारोबारीहरुले यो सेयरलाई बेचेर करोडौं रुपैयाँ नाफा बुक गर्ने र सो उच्च दरमा साना तथा नबुझेका लगानीकर्ताहरु फस्ने देखिएको छ । अर्थात यसरी भित्री कारोबार गर्नेहरुले झन्डै दोब्बर नाफा खाएर कम्पनीको सेयर बेच्दा ती सेयर किन्नेहरु नमज्जासंग फस्ने देखिएको छ ।
निकम्मा धितोपत्र बोर्ड ! हुन त यसरी यो कम्पनीमा भित्री कारोबार भयो भन्ने तथ्य धितोपत्र बोर्डलाई राम्रो संग थाहा छ । तर बोर्डसंग यो कमपनीलाई कारवाही गर्ने आँट छैन । र छानविन गर्ने नै आँट नभएपछी यस्तो गलत गर्नेलाई कारवाही के हुन्छ भन्ने प्रश्नबारे छलफल नै गर्नुपरेन ।
तर यसरी खुलेआम सेयर मूल्यमा असर गरेर सानालाई फसाउँ दै जाने र ठुलाले कमाउंदै जाने हो भने एकदिन साना लगानीकर्ताहरुको हरिबिजोग हुने प्रस्ट छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: