×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आगलागी हुँदा ५ घर जलेर नष्ट, २५ लाख मूल्य बराबरको क्षति


राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका-९ रञ्जीतपुरमा आइतबार (आज) दिउँसो आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । स्थानीयवासी भरत चौधरीको परालको थुप्रोबाट सुरु भएको आगोले निजको एउटा घर, छिमेकी बन्हु चौधरी, उमाकान्त चौधरी, शोभाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीको घर आगलागीमा परेर जलेर नष्ट भएको बोदेबरसाई निवासी उमेशकुमार साहले जानकारी दिनुभयो ।

उक्त आगलागीमा घर निर्माण गर्न रकम जम्मा पारेका बन्हुको घरमा राखिएको करीब नगद ६ लाखसमेत जलेर खरानी भएको उहाँले बताउनुभयो । सो आगोमा १२५ सिसीको डिसकभर मोटरसाइकलसमेत जलेको र आफ्नो घरको सम्पूर्ण सामग्री जलेर खरानी भएको शोभाकान्तको भनाइ छ ।

अग्निपीडितका अनुसार आगलागीमा घरभित्र रहेको सुनचाँदीसमेत जलेको छ । सो आगलागीमा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, नगद र घरभित्र रहेको काठ, जस्तापाता, फर्निचरका सामान तथा फ्रिज जलेर खरानी हुँदा करीब २५ लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बोदेबरसाइनले जनाएको छ । आगोलाई स्थानीयवासी तथा प्रहरी र डाक्नेश्वरी नगरपालिकाका वारुणयन्त्रले अहिले केही छिन अगाडि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । -रासस

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: