
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । रगतको चरम अभाव भएका कारण जेष्ठ १ गते शनिवार रातोपुलमा आकस्मिक रक्तदान कार्यक्रण हुने भएको छ । रातोपुलको नेशनल बाथ रोग सेन्टरमा हुन लागको रक्तदानमा कोभिडकाविरुद्ध पूर्ण सावधानी अपनाईने र प्रहरीसंग सहकार्य गरिनेछ । उक्त दिन रक्तदातालाई त्यहाँसम्म आउन वातावरण मिलाउन आयोजक पक्ष लागिरहेका छन् ।
उक्त रक्तदान लाईन्स क्लब अफ काठमाडौँ सोसियल फ्रेण्ड, अटो नेपाल मासिक र सहयोगी महिला जागरण मंचको संयुक्त आयोजनामा हुन लागिरहेको छ। आयोजकले रक्तदाता बढाई दिन सम्पूर्णलाई आव्हान पनि गरेको छ । नेपाल रेडक्रस सोसाईटीले फोन गरेर सामान्य गर्भवती महिला र अपरेसन हुनै पर्ने बिरामीको पनि रगत अभावले अपरेसन हुन नसकेको बताय पछि यस आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
लाईन्स क्लब अफ काठमाडौँ सोसियल फ्रेण्डस्का अध्यक्ष भुषणकुमार श्रेष्ठ भने, ‘यस्तै अवस्थामा हामीले सहयोग गर्ने हो र सम्भव भएसम्म हरेक दुई/दुई हप्तामा हामी सकेको रगत संकलन गरेर रेडक्रसलाई बुझाउने छौं । यस्तो अवस्थामा हामी बाहिर निस्कदैनौं, तर अत्यन्त आकस्मिक पर्यो भने जीवन रक्षाका निमित्त जस्तो पनि सहयोग गर्न तयार छौं ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्