×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थाको मुद्दति र कल निक्षेपमा ६४ करोड ६३ रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

बैंक तथा वित्तीय संस्थाको मुद्दति र कल निक्षेपमा ६४ करोड ६३ रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६४ करोड ६३ लाख ५९ हजार रुपैयाँ मुद्दति र कल निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति र कल निक्षेपमा उक्त रुपैयाँ लगानी गर्ने भएको हो । बैंकले मुद्दति निक्षेपमा ५१ करोड ४४ लाख ६२ हजार ९६० रुपैयाँ र कल निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रुपैयाँ लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले लघुवित्त संस्था सुपरिक्षण विभागबाट सञ्चालित विभिन्न अयोजनाहरुको कोषमा रहेको उक्त रकम १ वर्षे मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति तथा कल निक्षेपमा लागानी गरिनेछ । 
बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाइ आवेदन दिनुपर्नेछ । बैंकले जेठ ११ गते बेलुका ४ बजेसम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन सूचनामार्फत आग्रह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: