
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रसुवागढी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नोक्सानीमा रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले २ करोड ४६ लाख रुपैयाँ नोक्सानीमा रहेको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्ष पनि कम्पनी ६ करोड ६० लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
गत वर्ष ३ करोड २३ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको रसुवागढी यो त्रैमासमा २ करोड ७ लाख ६१ हजार रुपैयाँ घाटामा छ । यस्तै कम्पनीको जगेडा कोष २२ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५३ पैसा नोक्सनामा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ३२ रुपैयाँ छ ।
हाल यस कम्पनी अन्तर्गत रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा १११ मेगावाट क्षमता भएको रसुवागढी जलविद्युत आयोजनाको ८०% निर्माण कार्य सम्पन्न भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्