×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

PRIME CA
GLOBAL IME BANK

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

२७ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ  । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति दिएको हो।  बोर्डले गत वैशाख २२ गते बैंकलाई ‘८.५५ आरबीबीएल डिबेन्चेर–२०८३’ नामक ऋणपत्र जारी गर्ने अनुमति दिएको हो। 
जससंगै अब बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ भएको ऋणपत्र निष्कासन गर्नेछ । कुल इकाइमध्ये १५ लाख इकाइ व्यक्तिगत तवरबाट र बाँकी १० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ । यो ऋणपत्र ६ वर्ष अवधिको हुनेछ । लगानीकर्ताहरुले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन् । ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटड रहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: