×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कहर: राष्ट्रिय बाणिज्य बैंकमा अचाक्ली भीड बढेपछी प्रहरीको हस्तक्षेप, ‘ग्राहक टेर्दै टेर्दैनन्, के गर्नु ?’ (फोटो-कथा)

PRIME CA

कोरोना कहर: राष्ट्रिय बाणिज्य बैंकमा अचाक्ली भीड बढेपछी प्रहरीको हस्तक्षेप, ‘ग्राहक टेर्दै टेर्दैनन्, के गर्नु ?’ (फोटो-कथा)

२९ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
भक्तपुर । कोरोना महामारीका कारण देशभर लकडाउन गरिएको छ । तर अत्यावश्यक सेवा भन्दै बैंक तथा वित्तीय संस्थाहरुलाई खुल्ने छुट दिइएको छ । यसो त स्थानीय प्रसाशनले पनि २५ प्रतिशत मात्र कर्मचारी राख्नुपर्ने भन्दै उर्दी जारेको छ । जसका अकारण एकातर्फ ग्राहकहरुको भीड बढेको छ भने अर्कोतर्फ थोरै कर्मचारीले सेवा दिनुपर्दा बैंकहरुलाई समस्या परेको छ । थोरै कर्मचारी हुँदा बैंकहरुको सेवा केहि ढिलो हुने हुँदा यसले ग्राहकको लाइन झनै बढाएको छ ।

राष्ट्रिय बाणिज्य बैंकमा भीड बढेपछी प्रहरीको हस्तक्षेप

भक्तपुरस्थित राष्ट्रिय बाणिज्य बैंकको एक शाखामा बुधबार ग्राहकहरुको ठुलो भीड थियो । पैसा राख्नेभन्दा पैसा झिक्नेहरुको भीड ठुलो यसकारण पनि थियो कि अहिले कोरोना कहरका कारण उपचारका लागि धेरैलाई पैसा चाहिएको छ । भीड यसरी बढ्यो कि भौतिक दुरीसमेत कायम नहुने र कोरोना संक्रमण झन् फैलिने डर भयो । यसै पनि बैंकको लाइनमा बसेकाहरु अधिकांस संक्रमितका आफन्त हुने डरले डरमाथि डर थपिएको थियो । यहि बीचमा एक ग्राहकले त्यहाँको बस्तुस्थितिबारे प्रहरीलाई फोन गरेपछि प्रहरीले लाइनमा हस्तक्षेप गरी भौतिक दुरी कायम गरेर लाइनमा बस्न समन्वय गरेको थियो ।

‘ग्राहक टेर्दै टेर्दैनन्, के गर्नु ?’

यसो त यसमा गल्ती बैंकहरुको भन्दा पनि । सबैजसो ग्राहकलाई छिटोभन्दा छिटो आफ्नो पालो आउनुपरेको छ । बैंकमा कर्मचारी निकै कम छन् । जसका कारण सेवा केहि सुस्त पक्कै भएको छ । तर भित्र काम नै नगरी कर्मचारी बसेका छन् भन्ने शैलीमा ग्राहकहरुले गुनासो मात्र पोखिरहेका छन् । र आफुहरु स्वयम् सचेत छैनन् । भौतिक दुरी कायम नगर्दा ग्राहकहरु नै स्वयम् समस्यामा छन् । बैंकमा आउने अधिकांस डिजिटल माध्यम प्रयोग नगर्ने ग्राहकहरु छन् । सहजै उपलब्ध हुने डिजिटल माध्यमबाट कारोबार गर्न सक्नेहरुले पनि बैंकको लाइन बढाएका छन् । र त बैंकका कर्मचारीहरु भन्छन् , ‘ग्राहकहरु टेर्दै टेर्दैनन् के गर्नु ?

‘सकेसम्म बैंकसम्म नजानू, अनलाइन कारोबार गर्नू’ : बैंकर्स संघ

यता नेपाल बैंकर्स संघले सकेसम्म बैंकसम्म नजान र अनलाइन कारोबार गर्न सर्वसधारणलाई आग्रह गरेको छ । संघले पटक पटक अपिल गर्दै डिटिजल माध्यम अपनाउन र बैंक नआउन अनुरोध गरिरहेको छ । साथै बैंकर्स संघले डिजिटल बैंकिङ्ग प्रयोग गर्न कुनै पनि प्राबिधिक समस्या भएमा, पासवर्ड विर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमासम्बन्धित बैंकको शखामा फोन मार्फत् सम्पर्क गर्न अनुराेध गरेकाे छ । कोरोना महामारीका कारण बैंकका कर्मचारीहरु संक्रमित भएसँगै बैंकहरुमा जोखिम बढेपछी संघले यस्तो आग्रह गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: