Skip to content
LAXMI SUNRISE BANK

सुदूरपश्चिम : राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बैंकिङ सेवा अनिश्चितकालका लागि बन्द !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
डोटी ।  राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।  बैंकको डोटीको सिलगढी शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी सो शाखाबाट प्रदान हुँदै आएका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । बैंकको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा दिइँदै आफ्नो शाखाका सेवा बन्द गरिएको जानकारी गराएको हो । सूचनामा भनिएको छ, “बैंकमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टी भएको र अन्य कर्मचारीको स्वाब सङ्कलन गरी परीक्षणका लागि जिल्ला अस्पतालको ल्याबमा पठाइएकाले उक्त नतिजा नआउन्जेलसम्मका लागि बैंकिङ सेवा बन्द हुनेछन् ।”
सेवा बन्द गरिएको जानकारी दिइए पनि आफ्ना कुन कुन ठाउँका र कति जनामा कोरोना सङ्क्रमण भयो भन्ने विषयमा बैंकले खुलाएको छैन । बैंकले आफ्ना सेवा बन्द गरेपछि सेवाग्राहीलाई निकै समस्या भएको छ । पछिल्लो समय ज्येष्ठ नागरिक, एकल तथा अपाङ्गता भएकाहरु भत्ता लिनका लागि बैंकमा आउन थालेका कारण बैंकको सेवा बन्द भएपछि सबैभन्दा बढी उनीहरु मारमा परेको दिपायल सिलगढी नगरपालिका–६ का रामबहादुर नेपालीले बताए । 
सेवाग्राहीका समस्यालाई दृष्टिगत गर्दै तथा कर्मचारीको पिसिआर रिपार्टका आधारमा आफ्ना सेवाहरु निकट भविष्यमै पुनः सञ्चालन गर्ने योजना रहेको राष्ट्रिय वाणिज्य बैंक डोटीका प्रमुख हर्कसिंह धामी विष्टले बताए । उनले भने, “बाध्यताले हामीले केही दिनका लागि सेवा बन्द गर्नु परेको हो, चाँडै पुनः सेवा सञ्चालन हुनेछ, सेवाग्राहीमा परेको समस्याका लागि हामी क्षमाप्रार्थी छौँ ।”
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK