
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा पुनः दिप प्रकाश पाण्डे र डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् । यसअघि पनि सञ्चालकमा रहेको यी दुईको पदावधि सकिन लागेसँगै कम्पनीले उनीहरुलाई पुनः नियुक्त गरेको हो ।
नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट कम्पनी सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका दुई सञ्चालक पाण्डे र अर्यालको पदावधि यहि बैशाख २१ गतेदेखि समाप्त हुँदै थियो । यससँगै बैशाख १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले दुई सञ्चालकलाई पुन नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णयलाई कम्पनीको अगामी वार्षिक साधारणसभाले अनुमाेदन गर्नेछ । कम्पनीका सञ्चालक पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुन् भने सञ्चालक डा. अर्याल राष्ट्रिय बीमा कम्पनीका सीईओ हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्