×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइपीओ जारी गर्ने तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा कति ? इपीएस कति ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २० करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको भन्दा २१.७९% धेरै हो । विवरण अनुसार कम्पनीले खुद बिमा शुल्क पनि १ अर्ब २० करोड रुपैयाँबाट बढाएर २ अर्ब २७ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।
जीवन बिमा कोषको आकार पनि १३२.२६% ले बढेको छ । चैत मसान्तसम्म ४७ अर्ब ८९ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको कम्पनीले अब भुक्तानी हुन बाँकी रकम नरहेको जनाएको छ ।
कम्पनीको जगेडा कोषमा भने ८२ करोड ३२ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ३५ पैसा छ । रिलायबल नेपालले सर्वसाधारणमा ६० करोड रुपैयाँको ६० लाख कित्ता आइपीओ जारी गर्ने तयारी पनि गरिरहेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: