- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ७१ करोड ४८ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ५१.०४% ले नाफा बढाएर ७१ करोड ४८ लाख ६३ हजार रुपैयाँ कमाएको हो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३५.९७% बढेको छ भने सञ्चालन नाफा १२.३५% ले घटेर ६५ करोड ६९ लाख २० हजार रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ १६ पैसाले बढेर ५६ रुपैयाँ २३ पैसा पुगेको कम्पनीको प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ ७८ पैसा छ ।