×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्तको सामाजिक कार्यः सामारी टन ट्रष्टलाई १ एक लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

PRIME CA

साधना लघुवित्तको सामाजिक कार्यः सामारी टन ट्रष्टलाई १ एक लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

२९ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले सामारी टन ट्रष्टलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको उक्त वित्तीय संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामारी टन ट्रष्ट काठमाडौंलाई १ एक लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रेशम न्यौपानेले नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सामग्री सहयोग गरेको राससलाई जानकारी दिनुभयो । ‘अतिविपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति र मजदूर परिवारलाई सहयोग गर्ने लक्ष्यअनुसार स्थापना भएको सामरी टन ट्रष्टलाई हामीले मास्क, स्यानिटाइजर, पञ्जा, साबुन, फेसशिल्ड सहयोग गरेका हौँ’, उहाँले भन्नुभयो ।
वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस सानो सहयोगले लक्षित समुदायको मनोबलमा थप योगदान पुग्ने विश्वाससमेत लिइएको छ । वित्तीय संस्थाले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत गर्ने सिइओ न्यौपानेले बताउनुभयो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: