- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ६३.९१% ले खुद नाफा बढाएर २८ करोड ५४ लाख ६१ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
वित्तीय विवरण अनुसार कम्पनीको खुद बिमा शुल्क २८.१५% ले बढेर ९५ करोड २९ लाख १ हजार रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर आम्दानी वार्षिक ३८ रुपैयाँ २ पैसा छ भने प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ६३ पैसा रहेको छ ।