
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समाज लघुवित्त र स्वस्तिक लघुवित्तले वार्षिक साधारणसभा बोलाएका छन् । यी दुई कम्पनीले एकैदिन जेठ ११ गते वार्षिक साधारण सभा बोलाएका हुन् । समाज लघुवित्तको सभा मलंगवाको जानकी फेमली होटेलमा दिउसो २ बजे सुरु हुने भएको छ भने स्वस्तिक लघुवित्तको पनि दिउसो २ बजेनै लहानको होटेल नेमानमा सुरु हुने भएको छ । सभामा दुवै कम्पनीले एक आपसमा मर्ज हुने एजेन्डा पेश गर्ने भएका छन् ।
समाज र स्वस्तिक लघुवित्त १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । सभामा मर्जपछि कम्पनीको नाम स्वस्तिक समाज लघुवित्त राखिने एजेण्डा पनि रहेको छ । यस्तैगरी मर्ज पश्चात कम्पनीको जारी पुँजी, चुक्ता पुँजी बृद्धि हुने भएकोले सोही अनुसार नियमावली संसोधन गर्ने विषय पनि छ । कम्पनी मर्ज भएपछि कम्पनीको केन्द्रिय कार्यालय सिरहाको लहानमा राख्ने एजेन्डा पनि रहेको छ ।
दुवै कम्पनीबीच गत असोज ५ गते एक आपसमा मर्ज हुने सम्झौता भएको थियो । हाल समाज लघुवित्तको सर्लाही र स्वस्तिक लघुवित्तको सिराहामा केन्द्रिय कार्यालय रहेको छ । समाज लघुवित्तले आइपीओ जारी गरिसकेको छ । स्वस्तिक लघुवित्तले भने आइपीओ जारी गरेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्