Skip to content
LAXMI SUNRISE BANK

समृद्धि फाइनान्सले संचालनमा ल्यायो डिजिटल पेमेन्ट सिस्टम, सीइओ लोहनीद्वारा उद्घाटन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले डेविट कार्ड, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्युआर कोड सेवा संचालनमा ल्याएको छ । उक्त सेवाको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत टिकानिधी लोहनीले जुममार्फत गरेका हुन् । 
कोभिड १९ को महामारीले गर्दा कम्पनीका ग्राहकहरुलाई फाइनान्स कम्पनीसम्म आई विभिन्न सेवा सुविधा लिन असहज भएको परिस्थितिमा फाइनान्स कम्पनीले संचालनमा ल्याएको डिजिटल पेमेन्ट सिस्टमले ग्राहकहरुलाई सुविधा हुने भएकाले सो सुविधा ल्याइएको उनले बताए । 
साथै अब ग्राहकहरुले घरमै बसी बसी डिजिटल पेमेन्टको प्रयोगबाट समानहरु खरिद गर्ने, एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्ने, विद्युत तथा फोन महशुल तिर्नूका साथै मोवाइल रिचार्ज गर्ने र अन्य धेरै सुविधाहरु लिन सक्नेछन् । कम्पनीका सम्पूर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग र डेवीट कार्ड सेवा सुचारु गर्दा कुनै पनि शुल्क नलिइ नि:शुल्क प्रदान गर्ने संस्थाले जानकारी गराएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK