×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाफामा १७.१७% को गिरावट, प्रतिसेयर आम्दानी १७ रुपैयाँ २८ पैसा (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ बैशाख २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाफामा १७.१७% को गिरावट, प्रतिसेयर आम्दानी १७ रुपैयाँ २८ पैसा (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै नाफा १७.१७% ले घटेर १ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको जनाएको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले २ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । 
कम्पनीले खुद ब्याज आम्दानी भने २६.१९% ले बढाएको छ भने सञ्चालन नाफा ४०.०९% ले घटेको छ । चैत मसान्तसम आइपुग्दा कम्पनीले ४९ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गर्दा १ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको जगेडा कोषमा ६ करोड ६५ लाख रुपैयाँ छ । यस्तै प्रतिसेयर आम्दानी १७ रुपैयाँ २८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ३८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: