×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२ करोड १२ लाख रुपैयाँ नोक्सानीमा सान्जेन जलविद्युत, रिजर्भ कोष पनि १५ करोड ८७ लाख रुपैयाँ ऋणात्मक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

२ करोड १२ लाख रुपैयाँ नोक्सानीमा सान्जेन जलविद्युत, रिजर्भ कोष पनि १५ करोड ८७ लाख रुपैयाँ ऋणात्मक

Artha Sarokar

२९ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सान्जेन जलविद्युत कम्पनी चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड १२ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । गत वर्ष पनि सान्जेन १ करोड ५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । चैत मसान्तसम्म कम्पनीले अन्य श्रोतबाट १ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको छ । 
यस्तै चुक्ता पुँजी ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोष भने १५ करोड ८७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी ८६ पैसा (वार्षिक) ऋणात्मक रहेको सान्जेनको प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ छ । अहिले यो कम्पनीले १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी