
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आज सोमबारबाट सबैं कार्यालयमा एसकेडिविएल स्मार्ट टेलर सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाबाट सप्तकोशी बैंकको मोवाइल बैंकिङ सेवा लिएका व्यक्तिले चेक विना नै रकम भुक्तानी प्राप्त गर्नेछन् ।
जसका लागि ग्राहकले कार्यालयको नगद काउण्टरमा रहेको क्यूआर स्क्यान गर्नुपर्नेछ । बैंकले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्ने उद्देश्यले यो सेवा प्रारभ्भ गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीले जानकारी दिए ।
महामारीको समयमा सूचना प्रविधिको अधिक प्रयोग गरी धेरै कार्य विद्युतीय माध्यमबाट गर्ने बैंकको लक्ष्य रहेको छ । साथै यसबाट हुनसक्ने जोखिम तथा दुरूपयोग प्रति समेत बैंक चनाखो रहेको छ । यस सेवाबाट ग्राहकको समयको बचत हुने र बैंकको सेवा अझ विश्वसनिय तथा भरपर्दो हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्