
सर्लाही । भारतसँग सीमा जोडिएको लक्ष्मीपुर बलाराबाट गढैयासम्म सडक कालोपत्रे गरिने भएको छ । भारत सरकारको ४ करोड ४४ लाख ८० हजार सहयोगमा कालोपत्रे सडक निर्माण हुनेभएको भएको हो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार तथा रौतहट चन्द्रनिगाहापुरस्थित डिभिजन सडक विभाग प्रमुख विनोद कुमार मौवरले संयुक्त रुपमा सडकको उदघाट्न गरेपछि निर्मााण काम सुरु भएको हो ।
‘नेपाल भारत विकास सहकार्य’ अन्तर्गतको सहयोगमा सो कार्य हुने भएको भारतीय राजदूतावासका प्रवक्ता नविन कुमारले जानकारी दिनुभयो । सडक निमार्णका लागि भारतीय दूतावास काठमाडौं र भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्रालय अन्तर्गत जनकपुर सडक विभाग डिभिजन सडक विभाग मुजेलिया बीच सम्झौता भएको थियो । हालमा उक्त परियोजना चन्द्रनिगाहपुर सडक विभाग अन्तर्गत रहेको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्