×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजारमा ‘खुलेआम चलखेल हुँदा’ मौन बस्ने सेबोन निर्मल प्रधानसँगको अन्तर्वार्तापछी किन भयो एकाएक ‘आगो’ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बजारमा ‘खुलेआम चलखेल हुँदा’ मौन बस्ने सेबोन निर्मल प्रधानसँगको अन्तर्वार्तापछी किन भयो एकाएक ‘आगो’ ?

६ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अजोड इन्स्योरेन्स लगायतका कम्पनीमा खुलेआम इन्साइडर ट्रेडिङ हुँदा पनि छानविनका नाममा अहिलेसम्म केहि नगर्ने, तत्काल कारोबार रद्ध गर्न आँट नगर्ने, नेगेटिभ इपीएस भएका कम्पनीहरुको खुलेआम कर्नरिङ गरी भाउ बढेको चर्चा चल्दा चुइक्क नबोल्ने धितोपत्र बोर्ड सेयर बजारका बादशाह निर्मल प्रधानले केहि पनि प्रतिफल दिन नसक्ने स्टकहरुमा लगानी गर्दा रिस्क हुन्छ बरु केहि राम्रा कम्पनीहरुमा लगानी गर्नु भनेर दिएको अन्तर्वार्तापछी धितोपत्र बोर्ड ‘आगो’ भएको छ । अर्थ सरोकार डटकमले बुधबार सार्वजनिक गरेको अर्थ सरोकार कार्यक्रममा निर्मल प्रधानले केहि स्टकहरुको नामनै लिएर भविष्य भएका कम्पनीहरुमा लगानी गर्न आग्रह गरेका थिए ।

सो अन्तर्वार्तामा निर्मल प्रधानले नाम नै लिएर चन्द्रागिरी हिल्स, अपर तामाकोशी लगायतका कम्पनीहरुमा लगानी गर्न निकै जोखिम रहेको बताएका थिए । सो अन्तर्वार्ताका क्रममा उनले अहिले हाइड्रो कम्पनीमा पनि लगानी गर्न सार्है जोखिम भएको बताएका थिए । प्रधानको सो अन्तर्वार्तापछी धितोपत्र बोर्डले बोर्डले शेयर खरिद बिक्री गर्न उत्साहित गराउने उदेश्यले सूचना सम्प्रेषण नगर्न तथा नगराउन भन्दै सार्वजनिक विज्ञप्ति निकालेको छ । बोर्डले विभिन्न व्यक्ति र समुहले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा नेप्से सूचक तथा सूचीकृत संस्थाको शेयरमुल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद गर्न वा बिक्री गर्न उत्साहित गराउने उदेश्यले अन्तरवार्ता र अभिव्यक्ति दिएको भन्दै त्यस्तो कार्य रोक्न भन्दै विज्ञप्ति निकालेको हो ।

धितोपत्र बोर्डमाथि प्रश्न नै प्रश्न !
लगानीकर्ताहरुलाई सचेत र सुसुचित गराउनेगरी प्रस्तुत भएको सो कार्यक्रममा निर्मल प्रधानले केहि कमजोर कम्पनीहरुमाथि लगानी गर्नु ठिक नभएको अभिव्यक्ति दिएकै कारण यो विज्ञप्ति निकाल्नुमा त्यस्ता कम्पनीका मालिकले धितोपत्र बोर्डलाई प्रभावमा पारी विज्ञप्तिबाजी गर्न खोजिएको जानकारहरुको दाबी छ । यसो त धितोपत्र बोर्डकै केहि उच्च तहका कर्मचारीले समेत केहि ठुला लगानीकर्ता र हाइड्रोका मालिकहरुको दबाबपछी धितोपत्र बोर्डले सो विज्ञप्ति निकालेको दाबी गरेका छन् । ‘निर्मल प्रधानको अन्तर्वार्तापछी धेरै हाइड्रोका मालिक र तीनका सेयरमा चलखेल गरिरहेकाहरुले बोर्डलाई चर्को दबाब दिएका थिए’ बोर्डकै एक उच्च अधिकारीले आफ्नो र अध्यक्षको सम्बन्ध हाल राम्रो नभएकाले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘चौतर्फी दबाबपछी विज्ञप्ति निकालिएको हो ।
‘एकातर्फ बोर्डले संचारमाध्यमलाई निर्देशन दिइएको आशयमा विज्ञप्ति निकालेको छ । जुन सरासर गलत हो । संचार माध्यमलाई नियमन गर्ने प्रेस काउन्सिलले हो, यस्तो भाषा प्रयोग नगरौं भन्दा पनि अध्यक्षज्युले मान्नुभएन । ‘ बोर्डका उच्च अधिकारीले अर्थ सरोकार डटकमसँग भने, ‘अजोड इन्स्योरेन्स राधी हाइड्रो लगायतका कम्पनीमा खुलेआम इन्साइडर ट्रेडिङ हुँदासमेत खासै केहि नबोल्ने बोर्ड, कमजोर कम्पनीलाई कमजोर भन्दा यसरी बोल्नुले बोर्डकै बदनाम भएको धेरैको ठहर छ । तर दबाब थेग्न नसकेपछि अन्तत: विज्ञप्ति निस्किएको हो ।’

बोर्ड अध्यक्ष ढुंगाना भन्छन्- संचारमाध्यमप्रति लक्षित छैनौं, बोल्नेले ख्याल गर्नुपर्यो

यता बोर्डका अध्यक्ष भीष्म ढुंगानाले भने केहि व्यक्ति तथा समूहहरुले मिडियामा आफ्नो स्वार्थ अनुसार बोलेको भन्दै आफुहरुले सचेत मात्र गराउन खोजेको र संचारमाध्यमलाई निर्देशन दिएको भनेर बुझ्न ठिक नहुने बताएका छन् । विज्ञप्ति जारी भएपछी अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘मिडियाका साथीहरु पनि जिम्मेवार भईदिनुपर्यो । बोल्नेहरुले पनि ख्याल गर्नुपर्यो । बजारलाई स्वतन्त्र छोडिदिनुपर्यो ।’ साथै उनले संचारमाध्यमले पनि कसले कसरी किन बोलिरहेको छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । ‘सेयर बजारलाई बलियो बनाउनेगरी संचारमाध्यमले पनि भूमिका खेल्नुपर्यो भन्ने तर्क हो हाम्रो । अन्यथा केहि होइन।’

केशब कोइराला भन्छन्- ‘हिम्मत छ भने मलाई पक्राउ गर’

धितोपत्र बोर्डको विज्ञप्ति पछी सेयर बजार विश्लेषक केशब कोइराला ‘काका’ले हिम्मत भए आफुलाई पक्राउ गर्न चुनौती दिएका छन् । ‘धितोपत्र बोर्डका केही हाकिम साबहरुका आशिर्वाद प्राप्त समुहले पत्रु कम्पनीको झुठो प्रचार गरेर ६ महिना अघि देखि लाखौं लगानी कर्ता डुबाउदा बोर्ड चुइक्क बोल्दैन । बत्ती नबलेको हाइड्रोको सस्थापकहरु सस्थापक सेयर बेचेर भाग्दैछन,बोर्ड चुइक्क बोल्दैन । १००% कम्पनीमा दैनिक इन्साईडर छ,बोर्ड चुइक्क बोल्दैन ।’ कोइरालाले सामाजिक संजालमा लेखेका छन्, ‘निर्मल प्रधानले पत्रु कम्पनी बेचेर राम्रो कम्पनी किन भन्दा बोर्डको पारो तातेको हो ? हाम्रो नजरमा धितोपत्र बोर्ड कोसेली खानमै रमाएको छ।पहिलोपटक सत्य बोल्ने निर्मल प्रधान देखि डराएर बिज्ञप्ती निकालेछ।अब डर चाहिँ सार्वजनिक रुपमा सत्य बोल्नेहरु सग लाग्न थालेको हो?’
धितोपत्र बोर्डले जारी गरेको विज्ञप्तिप्रति लक्षित गर्दै उनले भनेका छन्- ‘सक्छौ भने तलको झुठो डाटा देखाएर ahpc उठाउने माफियाको गिरोह लाई पक्राउ गर।१ हप्ताको अबधिमा ahpc कसले बेच्यो? कसले किन्यो? दुधको दूध,पानीको पानी निस्कन्छ।कि धितोपत्र बोर्डले छानबिन गरोस् ahpc काण्ड,अन्यथा यसको बिरुद्ध म अावाज उठाउछु,पक्रेर कहाँ लैजाने हो लैजाउ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: