×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वरानी कोमल शाह र अधिराजकुमारी प्रेरणा शाहले जिते कोरोना, अस्पतालबाट डिस्चार्ज

PRIME CA
GLOBAL IME BANK

पूर्वरानी कोमल शाह र अधिराजकुमारी प्रेरणा शाहले जिते कोरोना, अस्पतालबाट डिस्चार्ज

३१ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज हुनुभएको छ । उहाँ अपरान्ह ४ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । उहाँसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उहाँहरु भर्ना हुनुभएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाह बैशाख २९ गते राति ८ बजे डिस्चार्ज हुनुभएको थियो । त्यसको २ दिनपछि पूर्वरानी र पूर्व अधिराजकुमारी समेत डिस्चार्ज हुनुभएको हो ।
अस्पताल आएदेखि नै पूर्वरानी कोमल शाहको अवस्था बिग्रिन थालेको थियो । उहाँलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आइसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो । प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो । निरन्तरको उपचारले उहाँको अवस्थामा पछिल्ला केही दिनदेखि सुधार आइरहेको थियो । क्रमिक रुपमा सुधार भइरहेको उहाँ अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको हो । पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था सुरुवातदेखि नै सामान्य र स्थिर थियो ।
पूर्व राजा, पूर्व रानी र अधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न यो । नर्भिकको टिमलाई पूर्व राजपरिवारका निजी चिकित्सकले पनि सहयोग गर्नुभएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: